ट्वान्टी–ट्वान्टी क्रिकेटमा तेहेरो शतक

माघ २६, २०७३-अपरिचित रहेका ब्याट्सम्यान बुधबार भारतीय क्रिकेटमा चर्चाको पात्र रहे । ट्वान्टी क्रिकेटमा
मोहित अहलवातले तेहेरो शतक बनाएका थिए । त्यसमा ३९ छक्का सामेल थियो । उनले ७२ बलको इनिङ्समा १४ चौका पनि प्रहार गरे । ट्वान्टी–ट्वान्टी क्रिकेटमा यो पहिलो तेहेरो शतक मानिएको छ । यस प्रदर्शनपछि दिल्ली डेरडेभिल्सले उनलाई अर्को महिना सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि ट्रायलमा बोलाएको छ । कृषक परिवारबाट आएका २१ वर्षे मोहितले माभी–११ नामको अर्धव्यावसायिक क्लबबाट खेलेका हुन् । अन्तिम समयमा उनलाई खेल्ने निम्तो दिइएको थियो । उनले अन्तिम दुई ओभरमा ५० रन जोडे । ठयाक्कै तीन सय रन बनाएर नटआउट रहे । त्यस प्रदर्शनको मद्दतले माभीले दुई विकेटमा ४ सय १६ रन बनाएको थियो । जवाफमा फ्रेन्ड्स–११ ले दुई सय रनमात्र बनाउन सक्यो । यो खेललाई औपचारिक मान्यता भने प्राप्त छैन । क्रिस गायलले सन् २०१३ को आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलोरका लागि बनाएको १ सय ७५ रन ट्वान्टी क्रिकेटमा सर्वाधिक रहेको छ ।

Comments